तपाईं पोखरामा बस्नुहुन्छ र तपाईंको स्वामित्वका जग्गामा रुख काट्नुपरेमा अनुमति लिनुपर्ने हुन्छ । नत्र, जरिवानामा पर्नुहोला ।
पोखराको न्यूरोडमा विना अनुमति रुख काटेपछि दुई जना कारबाहीको भागिदार बनेका छन् । उनीहरुलाई १५ हजार जरिवाना तिराइएको छ । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो ।
पोखरा महानगरपालिकाको नियम विपरीत न्यूरोडको सडक किनारमा रहेको रुख काट्ने दुई जनालाई १५ हजार जरिवाना गरी अब गल्ती नदोहोर्याउने कागज गराइएको महानगर प्रमुखको सचिवालयले जनाएको छ ।
महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु. ५००० र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था छ । एक घर, दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू लगाएको छ ।
सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि अनुरोध गरेका हुन् ।
महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अवधारणा अगाडि सार्दै २ लाख वृक्षारोपण गर्ने अभियान अगाडि बढाएको जनाउँदै महानगर प्रमुखका स्वकीय सचिव पूर्ण लामाले कोही कसैलाई विना अनुमानि रुख नकाट्न सजग गराएका छन् ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस