पृथ्वीनारायण क्याम्पसका सह प्राध्यापक डा. कर्णको निधन

शाेक

पृथ्वीनारायण क्याम्पसका सह प्राध्यापक डा. कर्णको निधन

मंगलबार क्याम्पसमा शोक बिदा, परीक्षा भने नरोकिने

Dharmendra Karna

पोखराको पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. धर्मेन्द्रलाल कर्णको असामयिक निधन भएको छ । उनी जूलोजी विभागकका सहप्राध्यापक हुन् ।

परिवार श्रोतका अनुसार आइतबार बेलुकी साढे ५ बजेतिर इभिनिङ वाकमा निस्केका डा. कर्ण २० मिनेट हिँडेपछि अचानक बेहोस भई ढलेका थिए । दिनभरी नियमित कार्य अध्यापन गरी फर्केका कर्ण अचानक बेहोस हुन पुगेका थिए ।

उनलाई तत्काल साथीहरुले अस्पताल पु¥याएपनि ज्यान जोगाउन नसकिएको बताइन्छ । कर्णको निधनको शोकमा क्याम्पसमा मंगलबार शोक बिदा दिइएको छ । तर, पूर्वनिर्धारित परीक्षाका कार्यक्रम भने यथावत् रहने स्पष्ट पारिएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले मंगलबार बिहान ८ बजे, विज्ञान भवनको प्रांगणमा शोकसभा राखिएकाले उपस्थितिका लागि विद्यार्थी, प्राध्यापकलाई सूचित गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ