पोखरा माहानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक र प्रशिक्षकहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
विसं. २०७६ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीसँगको सहकार्यमा सञ्चालित शिक्षालयमा हाल चार सय विद्यार्थीहरुले विभिन्न प्राविधिक विषयको अध्ययन गरिरहेका छन् ।
शिक्षालयमा इन्जिनियरिङ, फार्मेसी, फरेष्ट्री, मन्टेसरी अन्तर्गत विभिन्न आठ वटा विषयमा अध्यापन भइरहेको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
शिक्षालय सञ्चालन समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राविधिक शिक्षामा महानगरपालिकाले अपेक्षाकृत सफलता हासिल गरेको बताए ।
प्राविधिक तथा गुणस्तरीय शिक्षामा थप लगानी गर्न पोखरा महानगरपालिका नहिचकिचाउने प्रमुख आचार्यले बताए ।
पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीय विद्यार्थीलाई जीवनोपयोगी र व्यवहारिक शिक्षामा आकर्षित गर्न गण्डकी बहुप्राविधिक शिक्षालय धेरै हदसम्म सफल भएको बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले प्राविधिक शिक्षाका सवालमा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु देशभरिकै उत्कृष्ट रहेको बताए ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?