पोखरा माहानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक र प्रशिक्षकहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
विसं. २०७६ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीसँगको सहकार्यमा सञ्चालित शिक्षालयमा हाल चार सय विद्यार्थीहरुले विभिन्न प्राविधिक विषयको अध्ययन गरिरहेका छन् ।
शिक्षालयमा इन्जिनियरिङ, फार्मेसी, फरेष्ट्री, मन्टेसरी अन्तर्गत विभिन्न आठ वटा विषयमा अध्यापन भइरहेको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
शिक्षालय सञ्चालन समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राविधिक शिक्षामा महानगरपालिकाले अपेक्षाकृत सफलता हासिल गरेको बताए ।
प्राविधिक तथा गुणस्तरीय शिक्षामा थप लगानी गर्न पोखरा महानगरपालिका नहिचकिचाउने प्रमुख आचार्यले बताए ।
पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीय विद्यार्थीलाई जीवनोपयोगी र व्यवहारिक शिक्षामा आकर्षित गर्न गण्डकी बहुप्राविधिक शिक्षालय धेरै हदसम्म सफल भएको बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले प्राविधिक शिक्षाका सवालमा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु देशभरिकै उत्कृष्ट रहेको बताए ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?