सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव

वार्ता जारी

सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव

मृतकका आफन्तको प्रदर्शन

Lamjung aspatal lafadaa

तस्वीरः अनुज अधिकारी

लमजुङ अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।

अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप तथा असन्तुष्टि जनाउँदै अस्पताल गेटमा आएर पीडित पक्षहरुले प्रदर्शन गरेका हुन् ।

लमजुङको मर्स्याङ्दी गापा–९ की २६ बर्षिय गर्भवती शोभा विक र उनको शिशुको मृत्यु भएको हो । गर्भवती विकलाई सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो अपरेशन मार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको अस्पताल प्रशासनले जनाएको छ ।

सो पश्चात सुत्केरी आमाको समेत रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका ५ बजे चितवन मेडिकल कलेज रिफर गरिएको र निजको उपचारको क्रममा सोहि दिन बेलुका नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ११ बजेबाट अस्पताल व्यवस्थापन समिति, मृतकको आफन्त, अस्पतालका प्रमुख लगाएतको टोली यस विषयमा वार्तामा जुटेको छ । बाक्लाे मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ