नेपाली काँग्रेस, कास्कीका सभापति किशोरदत्त बरालले सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेका छन् । तर, पराजुलीले आफै समितिमा बस्न नचाहेको प्रतिक्रिया दिएका छन् । सभापतिमा निर्वाचित भएपछि बराल स्वयंले पराजुलीलाई सदस्यमा मनोनित गरेका थिए ।
अमेरिकाको चार महिने भ्रमण पूरा गरी पराजुली आज राति काठमाण्डौ उत्रँदैछन् । नेपाल आइनपुग्दै गत मंसिर १० गते सभापति बरालले पराजुलीलाई पदमुक्त गरिएको पत्र पठाएका हुन् ।
पत्रमा लेखिएको छ – ‘२०७८ चैत्र ४ गते विधान अनुसार कास्कीको सदस्य पदमा गरिएको तपाईंको मनोनयनलाई विधान अनुसार सभापतिमा अन्तरनिहित वैधानिक व्यवस्था अनुसार २०८० मंसिर १० गतेबाट लागु हुने गरी जिम्मेवारी मुक्त गरिएको छ ।’
पराजुलीले पदबाट मुक्त गरेकोमा कुनै दुःख नभएको बताएका छन् । तपाईंलाई किन पदमुक्त गरियो ? भन्ने प्रश्नमा लामो लिखित प्रतिक्रिया यस्तो छः
‘सभापतिको कार्यशैली अनि भाषण । सामाजिक सन्जालमा एउटा कुरा भन्ने तर व्यवहारमा त्यो नगर्ने प्रवृत्ति साथै जिल्ला कार्य समितिको नियमित वा अन्य बैठक लामो समयदेखि गर्न नसक्ने, महिला संघलाई विवाद र विभाजनतर्फ लैजाने, नेविसंघको विवाद मिलाउन कुनै चासो नदिने र पार्टी संगठन सुदृढ़ गर्ने कुरा भन्दा पनि व्यक्तिगत ईच्छा र चाहना अनुसार जिल्ला चलाउन खोजेपछि मैले ५/७ महिना अगाडि नै मलाई जिल्ला सदस्यबाट हटाएर अरु साथीहरुलाई राख्नु भनेको थिएँ सार्वजनिक रुपमा । तर, यतिबेला मात्र मेरो भाइबरमा यो पत्र खुसुक्क पठाएको देखेँ । म नेपाल बाहिर गएपछि नियमित वा अन्य कुनै बैठक समेत हुन सकेनन् । एक पटक ८ जना, एक पटक १५ जना मात्र उपस्थित भएर कोरम समेत पुगेन । यस्तो अवस्था आउनुमा सभापतिजी नै प्रमुख कारण हुन् । तसर्थ मलाई जिल्ला सदस्यबाट मुक्त गरेकोमा कुनै दुःख छैन ।’
उनले थपेका छन् – ‘मेरो अर्को जिम्मेवारी पनि छ, नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागको सदस्यको रुपमा । तर, त्यो नहुँदा नै मैले सभापतिलाई कि त कार्यशैली सुधार गर्नू, कि लिडरशीपमा मेच्योरिटी देखाउनू र संगठनको हित हुने गरी निर्णय गर्नू भन्दै आएको थिएँ । तर, सुधार गर्ने छाँट नदेखेपछि मलाई यो जिम्मेवारी मेरो ईच्छा र चाहनाले दिएको पनि हैन र तपाईको चाहनाले दिएको जिम्मेवारीबाट मुक्त गरिदिनू भनेको थिएँ ।’

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन