नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । नवलपरासीका २६ बर्षका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने ४१ वर्षका रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो ।
लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ ले पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गरेको हो । स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङको विवाह दर्ता गराएकी हुन् ।
पाण्डे र गुरुङबीचको विवाह बुधबार दर्ता गरिएको हो । उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ । विवाह दर्ता प्रमाणपत्रमा विवाहको प्रकारमा ‘सामाजिक परम्पराअनुसार’ उल्लेख गरिएको छ । यो विवाह दर्ताको अभिलेख भने अस्थायी रूपमा राखिने पनि प्रमाणपत्रमा उल्लेख छ ।
सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेश बोकेर कानुनी रूपमा ‘दर्ता विवाह’ गर्नका लागि पाण्डे र गुरुङ जिल्ला अदालत काठमाडौं पुगेका थिए । तर अदालतले विवाह दर्ता गर्न नमानेपछि पाण्डे र गुरुङ उच्च अदालत पाटन पुगेका थिए । त्यहाँबाट पनि उनीहरूको पक्षमा दर्ता विवाहका लागि आदेश आएको थिएन । त्यसपछि उनीहरू स्थानीय तहमा गएका हुन् । जहाँ उनीहरूको विवाह दर्ता गरिएको हो ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन