नेपालमा पहिलो पटक लमजुङमा समलैंगिक विवाह दर्ता

नेपालमा पहिलो पटक लमजुङमा समलैंगिक विवाह दर्ता

२६ बर्षका सुरेन्द्र र ४१ वर्षका रामबहादुरको विवाहलाई बैधता

surendra Ram

नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । नवलपरासीका २६ बर्षका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने ४१ वर्षका रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ ले पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गरेको हो । स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङको विवाह दर्ता गराएकी हुन् ।

पाण्डे र गुरुङबीचको विवाह बुधबार दर्ता गरिएको हो । उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ । विवाह दर्ता प्रमाणपत्रमा विवाहको प्रकारमा ‘सामाजिक परम्पराअनुसार’ उल्लेख गरिएको छ । यो विवाह दर्ताको अभिलेख भने अस्थायी रूपमा राखिने पनि प्रमाणपत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश बोकेर कानुनी रूपमा ‘दर्ता विवाह’ गर्नका लागि पाण्डे र गुरुङ जिल्ला अदालत काठमाडौं पुगेका थिए । तर अदालतले विवाह दर्ता गर्न नमानेपछि पाण्डे र गुरुङ उच्च अदालत पाटन पुगेका थिए । त्यहाँबाट पनि उनीहरूको पक्षमा दर्ता विवाहका लागि आदेश आएको थिएन । त्यसपछि उनीहरू स्थानीय तहमा गएका हुन् । जहाँ उनीहरूको विवाह दर्ता गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

घट्यो सुनको मूल्य
आजको मौसम पूर्वानुमान

ट्रेन्डिङ