पोखरा । प्रथम केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेशबीच हुने भएको छ ।
विहीबार सेमिफाइनलका खेलहरु सकिएसँगै उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल पुग्दासशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश उपाधि भिडन्तका लागि योग्य बनेको हो । फाइनल खेल भोलि शुक्रबार हुनेछ ।
गत मङ्सिर ७ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका थिए । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अनुसार विजेता टीमले नगद पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । यसैगरी, उपविजेता टोलीले २ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ पनि घोषणा गरिनेछ । जसले नगद ३० हजार पुरस्कार पाउनेछ । यस्तै, ‘बेस्ट बलर’ र ‘बेस्ट ब्याट्सम्यान’ ले २०/२० हजार र ‘म्यान अफ द म्याच’ ले नगद पाँच हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोली सहभागी भएका हुन् ।
एकेडेमीका संरक्षकसमेत रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरिएको हो ।
आजको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब उपाधि नजिक पुगेको हो ।
बागमती प्रदेश विरुद्ध १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेटको क्षतिमा चुनौती समाप्त गरेको हो ।
दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ