सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ

सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ

sikri

सांकेतिक फोटो

काठमाडौ। पैदलयात्रीको सुनको सिक्री लुटेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौ महानगरपालिका-३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्ने बारा सिमरा नगरपालिका-१४ घर भइ हाल ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शाहले नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटेर भागेका थिए।

घटनाको जानकारी पश्चात प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा उनलाई लुटिएको सिक्रीसहित बिहीबार राति पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ