पोखरा । कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो ‘लाइभ कन्सर्ट’ पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवर्द्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाई छ ।
कन्दरा व्याण्डको व्यवस्थापक आदि गु्रपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा साँगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेकाले कन्दरा लाइभ कन्सर्ट भव्य र विशिष्ट हुने विश्वास दिलाएका छन् ।
गायक विवेक श्रेष्ठले भने -‘पर्यटनको राजधानी पोखरामा नै बसेर कलाकारसँग रियाज गरिरहेको छु।’ उनले ३० वर्ष पहिले पोखराबाटै स्थापना भएको कन्दरा पुनर्संरचनापछि पर्यटन प्रवर्द्धनका लागि सन्देशमूलक अभियानमा जोडिन पाउँदा उत्साहित भएको जनाए ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्डले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवर्द्धन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा