गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

Tractor acc

गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्लाको सहिद लखन गाउँपालिका-३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापा मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा सोही पालिका-३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका-१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ