पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले घान्द्रुकका तीन विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकका सरस्वती आधारभुत विद्यालय उरी, छुर्लुङ आधारभुत विद्यालय र तालबाराही आधारभुत विद्यालयका ३७ जना विद्यार्थीहरुलाई फाउण्डेशनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोशाक वितरण गरेका हुन् ।
शैक्षिक पोशाक वितरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको बताए ।
‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिए, घान्द्रुक,पोखरा र काठमाडौं लगायतको स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रर्दशन गर्ने अवसर पाए’, गुरुङले भने, ‘फाउण्डेशन मार्फत विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको छु ।’
शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको फाउण्डेशनका संस्थापक गुरुङले बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको छु’, उनले भने, ‘अबको परिवर्तन शिक्षाले मात्र दिन सक्ने भएकाले सबैलाई शिक्षामा जोड्न आवश्यक छ ।’
हामीले शैक्षिक क्षेत्र बाहेक स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि सहयोग गर्दै उनले बताए ।‘हामीले यस अगाडि पनि विभिन्न समयमा सहयोग गरिसकेका छौं, शैक्षिक क्षेत्रसँगै यस अगाडि स्वास्थ्य र खेलकुदमा पनि सहयोग गर्दै आएका छौं ।’ उनले भने ।
लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले तीन विद्यालयका ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक एक कार्यक्रमका बीच वितरण गरेका हुन् । फाउण्डेशनले यस अगाडि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन