जोमसोम । अहिले साथमा पैसा छ भने कुनै ठाउँ पनि दूर छैनन् । सडक, जल, हवाई यात्राका उपयुक्त साधन रोजेर यात्री चाहेका ठाउँसम्म पुग्न सक्छन् । यस्ता सुविधाले मानिस पहिलेको जस्तो पैदलयात्रा गर्न चाहदैनन् ।
मबार मुस्ताङमा फरक खालका यात्रु भेटिए । उनी भारतदेखि पैदलै मुस्ताङ आइपुगेका हुन् । हिमपातपछिको चीसोमा लुकलुक काँप्दै ती युवक सोमबार जोमसोमको पर्यटक प्रहरीको बिटमा आईपुगे । युवकलाई पर्यटक प्रहरीले हिटर ताप्ने व्यवस्था मिलाईदियो । उनी एक घण्टासम्म त्यही हिटर तापेर बसे ।
भारत र नेपालका ऐतिहासिक तथा धार्मिक महत्वको तीर्थस्थल घुम्न निस्किएका ती युवाको नाम होः हरिश वैशभ । उनी अहिले १७ वर्षका भए । भारतको मध्य प्रदेश स्थित चित्रगुठ धाम तुल्सीपीठ घर भएका उनी डेढ वर्षअघि धार्मिक कर्ममा लाग्दै स्वामी बनेका हुन् ।
मध्य प्रदेशको तुल्सीपीठ नजिकको जंगलमा उनको कुटी छ । कक्षा ११ पढ्दै गरेका उनी स्कुल नगई कुटीमा बसेर आफ्नो पढाइलाई निरन्तर दिइरहेका थिए । एक जोर लुगा झोलामा हालेर निधारमा सेतो खरानी धसेर साँधु स्वरुपमा तीर्थाटनमा लागेका उनको उद्देश्यह होः हरहर गौ सेवा, घरघर गौ सेवा ।
सनातन धर्मको प्रतीक गाई संरक्षण गरौं र घर घरमा पलौं उनी भन्छन् । ३ वर्ष ५ दिनको तीथयात्रा गर्न निस्किएका उनको यो अभियान सन् २०२३ को अप्रिल १६ बाट सुरु भएको हो । पैदल यात्राले ७ महिना २५ दिन पूरा गरिसकेको छ ।
पहिलो पटक नेपाल आएका उनी पोखराको विन्धवासिनी मन्दिर दर्शन गरी पैदल मुस्ताङ आएका हुन् । उनलाई कसैले सवारीमा लिफ्ट दिन खोजे पनि उनी मान्दैनन् । तीर्थयात्रा धार्मिक सन्देशका लागि भएको उनी बताउँछन् ।
दैनिक ३० देखि ४० किलोमिटरसम्म उनी हिड्छन् । यो अभियान सन् २०२६ सम्म जारी रहने उनको भनाइ छ । मौसमले साथ दिए दामोदरकुण्ड नभए मुक्तिनाथसम्म पुग्ने उनको योजना छ । उनी बास बस्दा सकभर धर्मशाला, पाटी, पौवा रोज्छन् । शाहाकारी भएकाले खाना पनि सात्विक खान्छन् ।
धर्मशाला नभएका ठाउँमा बस्दा फलफूलले नै छाक टार्छन् । उनले आफ्ना गतिविधि युट्युबमा समेत राखेका छन् ।
४ महिनादेखि निरन्तर पैदलयात्रामा स्वामी हरिश वैसभ मुक्तिनाथको दर्शनपछि पशुपतिनाथ दर्शन गरी भारत फर्किने बताउँछन् । उनले नेपालबाट फर्किएलगत्तै भारतका २८ प्रान्तमध्ये २६ प्रान्तमा रहेका धार्मिक स्थलको पैदलै पुगेर दर्शन गर्ने कार्यतालिका बनाइसकेका छन् । गोवा र सिक्किममा हिन्दू धार्मिक स्थल नभएकाले ती प्रान्त नजाने उनले सुनाए ।
सम्बन्धित खबर
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न