१७ वर्षका स्वामी भारतबाट पैदलै जोमसोम !

१७ वर्षका स्वामी भारतबाट पैदलै जोमसोम !

swami 17 yr

जोमसोम । अहिले साथमा पैसा छ भने कुनै ठाउँ पनि दूर छैनन् । सडक, जल, हवाई यात्राका उपयुक्त साधन रोजेर यात्री चाहेका ठाउँसम्म पुग्न सक्छन् । यस्ता सुविधाले मानिस पहिलेको जस्तो पैदलयात्रा गर्न चाहदैनन् ।

मबार मुस्ताङमा फरक खालका यात्रु भेटिए । उनी भारतदेखि पैदलै मुस्ताङ आइपुगेका हुन् । हिमपातपछिको चीसोमा लुकलुक काँप्दै ती युवक सोमबार जोमसोमको पर्यटक प्रहरीको बिटमा आईपुगे । युवकलाई पर्यटक प्रहरीले हिटर ताप्ने व्यवस्था मिलाईदियो । उनी एक घण्टासम्म त्यही हिटर तापेर बसे ।

भारत र नेपालका ऐतिहासिक तथा धार्मिक महत्वको तीर्थस्थल घुम्न निस्किएका ती युवाको नाम होः हरिश वैशभ । उनी अहिले १७ वर्षका भए । भारतको मध्य प्रदेश स्थित चित्रगुठ धाम तुल्सीपीठ घर भएका उनी डेढ वर्षअघि धार्मिक कर्ममा लाग्दै स्वामी बनेका हुन् ।

मध्य प्रदेशको तुल्सीपीठ नजिकको जंगलमा उनको कुटी छ । कक्षा ११ पढ्दै गरेका उनी स्कुल नगई कुटीमा बसेर आफ्नो पढाइलाई निरन्तर दिइरहेका थिए । एक जोर लुगा झोलामा हालेर निधारमा सेतो खरानी धसेर साँधु स्वरुपमा तीर्थाटनमा लागेका उनको उद्देश्यह होः हरहर गौ सेवा, घरघर गौ सेवा ।

सनातन धर्मको प्रतीक गाई संरक्षण गरौं र घर घरमा पलौं उनी भन्छन् । ३ वर्ष ५ दिनको तीथयात्रा गर्न निस्किएका उनको यो अभियान सन् २०२३ को अप्रिल १६ बाट सुरु भएको हो । पैदल यात्राले ७ महिना २५ दिन पूरा गरिसकेको छ ।

पहिलो पटक नेपाल आएका उनी पोखराको विन्धवासिनी मन्दिर दर्शन गरी पैदल मुस्ताङ आएका हुन् । उनलाई कसैले सवारीमा लिफ्ट दिन खोजे पनि उनी मान्दैनन् । तीर्थयात्रा धार्मिक सन्देशका लागि भएको उनी बताउँछन् ।

दैनिक ३० देखि ४० किलोमिटरसम्म उनी हिड्छन् । यो अभियान सन् २०२६ सम्म जारी रहने उनको भनाइ छ । मौसमले साथ दिए दामोदरकुण्ड नभए मुक्तिनाथसम्म पुग्ने उनको योजना छ । उनी बास बस्दा सकभर धर्मशाला, पाटी, पौवा रोज्छन् । शाहाकारी भएकाले खाना पनि सात्विक खान्छन् ।

धर्मशाला नभएका ठाउँमा बस्दा फलफूलले नै छाक टार्छन् । उनले आफ्ना गतिविधि युट्युबमा समेत राखेका छन् ।

४ महिनादेखि निरन्तर पैदलयात्रामा स्वामी हरिश वैसभ मुक्तिनाथको दर्शनपछि पशुपतिनाथ दर्शन गरी भारत फर्किने बताउँछन् । उनले नेपालबाट फर्किएलगत्तै भारतका २८ प्रान्तमध्ये २६ प्रान्तमा रहेका धार्मिक स्थलको पैदलै पुगेर दर्शन गर्ने कार्यतालिका बनाइसकेका छन् । गोवा र सिक्किममा हिन्दू धार्मिक स्थल नभएकाले ती प्रान्त नजाने उनले सुनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ