पोखरा । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ नेकपा एमालेले मंसिर १४ देखि सुरु गरेको बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्पयात्रा आज गण्डकी प्रदेश प्रवेश गरिसकेको छ ।
बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी आरम्भ भएको अभियान टोली आठौँ दिन भोलि कास्की आइपुग्नेछ र टोलीलाई पर्सी कास्कीबाट बिदाई गरिनेछ ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित यस विशेष अभियानलाई कास्कीमा सफल बनाउन प्रेस चौतारी कास्कीले तयारी गरेको छ ।
प्रेस चौतारी कास्कीका उपाध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कास्कीमा मंसिर २१ र २२ गते हुने संकल्प यात्राको प्रचारप्रसारको संयोजनको जिम्मा सचिव रञ्जन अधिकारीलाई दिएको छ ।
तयारी सम्बन्धमा प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज रुद्र श्रीष मगर, गण्डकी प्रदेश अध्यक्ष ईन्द्रप्रसाद पौडेल, उपाध्यक्ष बालकुमारी पौडेल ताराको उपस्थितिमा तयारी बैठक बसेको हो ।
बैठकले जिम्मेवारी पनि तोकेको छ । पर्वतको कुश्मामा बुधबार हुने जनसभामा कास्कीबाट ईञ्चार्ज रुद्र श्रीष मगर, सचिव रञ्जन अधिकारीको टोली पुग्नेछ । नयाँपुलमा स्वागतका लागि ईञ्चार्ज र सचिवसँगै उपाध्यक्ष मोतिसागर अधिकारी, कार्यसमिति सदस्य अनुप पौडेल पुग्नेछ ।
नौडाँडाको रिपोर्टिङ पनि यही टीमले गर्नेछ । हेम्जामा हुने कार्यक्रममा उपाध्यक्ष बालकुमारी पौडेल (तारा) खटिनेछन् । बेलुकी पोखरामा हुने भेटघाटमा ईच्छुक पत्रकारहरुका लागि प्रेस चौतारीले आवश्यक समन्वय गर्नेछ । मंसिर २२ गते बिहान जिरो किमिबाट प्रस्थान हुँदा अमरसिंहचोक र तालचोकसम्म राजाराम पौडेल र अनिता घिमिरेले संयोजन गर्नेछन् ।
त्यसपछि लमजुङका लागि बिदाई गर्ने बेलासम्म कार्यसमिति सदस्यहरु ऋषिराम दाहाल र दीपक अधिकारीको जिम्मा रहनेछ । प्रदेश सदस्य गीता राना मगर र सुशान्त गाहा मगरले दुवै दिन फोटो, भिडियोको व्यवस्थापन गर्नेछन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन