तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली बजारस्थित मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु गरिएको छ ।
मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल निर्माण थालिएकोे हो । अनप जेडआइसि जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का गरेको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
तीन सय पन्ध्र मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ सम्झौता गरेको हो । उक्त पूर्वी खण्डमा हालसम्म ३८ प्रतिशत कार्य प्रगति भएको उनले बताए । हालको मादीपुलबाट करिब ५० मिटर दुरीमा नयाँ पुल निर्माण भइरहेको छ, उनले भने, “पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता छ ।”
ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।
पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको छ । उक्त खण्ड रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको हो । ४१.४५ किलोमिटर दूरीको यो खण्डको काम २०८१ वैशाखसम्म सक्नुपर्ने सम्झौता भएको छ ।
त्यसैगरी पृथ्वीराजमार्गको पूर्वी खण्ड अन्तर्गत डुम्रे बजार क्षेत्रका एक सय साठी वटा भौतिक संरचनाको रु १५ करोड १३ लाख मुआव्जा निर्धाररण गरिएको छ ।
त्यसैगरी सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाको रु ६ करोड बराबरको मुआब्जा निर्धारण गरिएको इञ्जिनीयर पाण्डेले जानकारी दिए ।
डुम्रे बजारका तीन/चारजना बाहेक अन्य सबैले मुआब्जाको पहिलो किस्ता लिएका छन् भने दमौलीमा करिब ४० जनाले मुआब्जाको पहिलो किस्ता लिएका छन् । यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ ।
राजमार्गको पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिए ।
२०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजार मा ठेक्का सम्झौता भएको छ । उक्त खण्डमा हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताइएको छ । रासस
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग