श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

Arrest

चितवन। सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको रत्ननगर नगरपालिका -१० स्थायी घर भइ हाल काठमाण्डौ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई चरित्र हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

महतोले सामाजिक संजाल मार्फत चिनजान भइ भेटघाट भएका बेला दुई बीच भएका क्रियाकलापलाई सम्पादन गरी अहिलेका श्रीमानलाई म्यासेन्जरमार्फत फोटो भिडियो पठाई चरित्र हत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पुर्याएको भन्दै एक महिलाले प्रहरीमा उजूरी दिएकि थिइन्।

महिलाको उजुरिका आधारमा साइबर ब्यूरो बबरमहलबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौबाट उनलाई पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय कारोवार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डौमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ