पोखरा । बिजी हस्पिटल तथा गण्डकी मेडिकल कलेज मनाेराेग विभागकाे आयोजनामा चाैथाे स्वास्थ्य सङ्गोष्ठी सम्पन्न भएकाे छ ।
बुद्धिसागर स्मृति प्रतिष्ठानकी संरक्षक गङ्गादेवी लामिछानेकाे अध्यक्षतामा सम्पन्न भएकाे सेमिनार दुई सत्रमा विभाजित गरिएकाे थियाे ।
डा. भाेजराज न्याैपाने तथा प्रा. डा. तिर्थलाल उपाध्यायले अध्यक्षता गरेकाे सङ्गोष्ठीकाे प्रथम चरणमा डा. राेविन्का पन्त तथा डा. सुनिता लामाले मनाेराेग विषयक साेध पत्र प्रस्तुत गरे ।
त्यस्तै, दाेस्राे चरणकाे कार्यक्रम प्रा. डा. देव कुमार थापा तथा डा. तारा काेइरालाकाे अध्यक्षतामा भएकाे थियाे । जहाँ ध्रुब सुनार तथा प्रा. डा. निर्मल लामिछानेले स्वास्थ्य जीवनका लागि शारिरीक एवं मानसिक व्यायामकाे आवश्यकता विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बिजी हस्पिटल पाेखराले नेपालमै प्रथमपटक भित्र्याएकाे शारिरिक एवं मानसिक व्यायामका लागि उच्च प्रविधियुक्त मेशिन- डिप टि एम् एस् काे चरणवद्ध थेरापीकाे विषयमा अन्तर्संवाद गरिएकाे थियाे ।
सुरक्षा सार्की तथा रामप्रसाद पाैडेलकाे संचालन रहेकाे साे सङ्गोष्ठीमा फिस्टेल हस्पिटलका सिनियर डा. वसन्त ताम्राकार तथा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल रविन्द्र प्रसाद श्रेष्ठले सहभागी शाेधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु