क्यान्सर रोगबाट मुक्त बनाउने क्रममा कपाल गुमाएकाहरुका लागि पोखराका १५ युवाले कपाल दान गरेका छन् ।
यहाँको मेलमिलाप युवा क्लब र पोखरा वडा नं. १३ ले संयुक्त रुपमा आयोजना गरेको कपाल दान कार्यक्रममा १६ जना युवक युवतीले कपाल दान गरेका हुन् । सबै गरी १६ युनिट कपाल प्राप्त भएको क्लबका अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक कृतन वाग्लेले जानकारी दिए । सबै दाताहरु विद्यार्थी नै रहेका छन् ।
मिङ्मा फाउण्डेश र हेयर क्राउनको सहयोग रहेको कार्यक्रममा सलुन पार्टनरका रुपमा युनिसेक्स सलुन जोडिएको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालको सहयोग रह्यो ।
दान जस्तो महान् कार्यमा समर्पित भई क्यान्सर निको बनाउने क्रममा कपाल गुमाएकाहरुका लागि कपाल दान गरिदिएकोमा वाग्लेले धन्यवाद व्यक्त गरे ।
कपाल दान गर्नेहरुमा अञ्जली लम्साल (अम्बिका), सुचिता गुरुङ, दिपेश बराल, सृष्टि लामिछाने, सोनु कार्की, दिपेश गौतम, सोबित बराल, एलिशा अधिकारी, अनिशा अधिकारी, रविना दवाडी, विवेक परियार, सुमित्रा गुरुङ, तारा गुरुङ, डिम्पल क्षेत्री र शम्भवि गुरुङ रहेका छन् । अधिकारी दिदीबहिनीबाट यस अघिको कपालसमेत दान भएकाले १६ युनिट संकलन भएको अध्यक्ष वाग्लेले बताए ।
सोमबार सृष्टि बराल र आर्मीमा भर्ना भएकी अर्की साथीले पनि कपाल दान गर्न लागेको उनले जनाए । कपाल दान गर्न चाहनेहरू सम्पर्कमा ल्याएर यो अभियानलाई निरन्तरता दिइने उनले बताए ।
कपाल दाता अञ्जली लम्सालले आफूले धेरै बर्ष अघि पूरै काटेको कपाल संरक्षण गरी राखिरहेकोमा अहिले हस्तान्तरण गरेको बताइन् । उनले कपाल दान अभियान नै सञ्चालन भएकाले दान गर्ने उपयुक्त स्थान पाएको बताउँदै आयोजकलाई धन्यवाद दिइन् ।

सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू