अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई

अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई

arjunchaupari khelkud

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकामा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्डको  उपाधि ञ्चकन्या माविले जितेको छ ।

पञ्चकन्या माविले ११ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित २६ पदक जित्दै पालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको उपाधिसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

त्यस्तै, उपविजेता बनेको अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीले ८ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित २१ पदक हासिल गरेको छ । तेस्रो बनेको दरौं माविले ७ स्वर्ण, २ रजत र ८ कास्यसहित १७ पदक हासिल गरेकोमा ४ स्वर्ण, ३ रजत र ८ कास्यसहित १५ पदक प्राप्त गर्दै जन मावि चौथो बनेको हो ।

पालिकाको खेलमैदानमा गत १९ गतेदेखि सञ्चालित उक्त प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव शुक्रबार समापन भएको हो । उक्त महोत्सवमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच छात्र र छात्रा चम्चा दौड, म्युजिकल चियर, एकल गायन तथा नृत्य, डोरी तान्ने, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प लगायतका प्रतियोगिता साथै छात्रहरुको लागि छेलो हान्ने , क्रिकेट र भलिबल खेलमा प्रतिस्पर्धा गरिएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले महोत्सवमा विजेता र उपविजेता भएका खेलाडीलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा पालिकाभित्रका ६ माविसहित २८ विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds