विमानस्थलबाट साढे ६ केजी सुन बरामद

विमानस्थलबाट साढे ६ केजी सुन बरामद

Gold-baramad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । दुबईबाट अवैध रुपमा ल्याइएको ६ केजी ५९० ग्राम सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।

फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत गएराति ११ः५१ मा काठमाडौँ अवतरण गरेका इजिप्टका नागरिक सरिफ मोहमद लासिमको साथबाट उक्त सुन बरामद गरिएको हो ।

उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थाबाट पक्राउ गरेको बुझिएको छ । उनले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको छ ।

बरामद गरिएको सुन पाउडरको रुपमा रहेको छ । सुन धुलो बनाउँदा मेटल डिटेक्टरमा आवाज आउँदैन भनेर निजले धुलो बनाएर ल्याएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ