पोखरा । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
गण्डकी प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार महाभेला गण्डकी प्रदेशको सयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम पोखराको मानव अधिकार चोक चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरी तथा ¥याली सभागृह पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्दै गण्डकी प्रदेश सरकारकी मुख्यसचिव लक्ष्मी कुमारी बस्नेतले गण्डकी प्रदेश सरकार मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्नको लागि प्रतिवद्ध रहेको जनाउदै मानव अधिकारको रक्षाका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा सामाजिक संघ संस्थाको सहयोग र समन्वय आवश्यक रहेको बताए । उनले अहिले पछिल्लो समय मुलुक भरिनै महिला र बालबालिका माथि हुने हिंसाका घटनामा वृद्धि भइरहेको परिवेशमा यस्ता घटना न्यूनीकरण गर्न पहल गर्ने बताए । उनले महिला विरुद्धको सबै खाले हिंसाका विरुद्धमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निमित्त प्रमुख खिमलाल सुवेदीले राष्ट्रिय मानवअधिकार आयोगले समग्र मानवअधिकारको अवस्थाको अनुगमन गरिरहेको जानकारी गराउदै मानवअधिकारको संरक्षणमा राज्यले सन्तोषजनका भूमिका निर्वाह गर्न नसकेको गुनासो गरे । मानव अधिकार महाभेला गण्डकी प्रदेशका संयोजक बिना शिलवालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानवअधिकारको संरक्षणमा राज्य जिम्मेवार बन्नुपर्नेमा आम नागरिकले तेस्तो अनुभूति गर्न नपाएको गुनासो व्यक्त गरिन् ।
कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले मानव अधिकारको विषय सबैको साझा विषय भएकाले मानवअधिकारको संरक्षणको लागि सामाजिक संघ संस्थाहरु सरकार सँग समन्वय र सहकार्यमा काम गर्न सधै तयार रहेको बताए । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका क्षेत्रलाई राज्यले जति सम्बोधन गर्नुपर्ने हो सो अनुसार नगरेको गुनासो व्यक्त गर्नुभयो । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारीताले सधैं मानव अधिकारको रक्षाका लागि काम गर्ने गरेको सुनाइन् ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले इन्सेकले गरेको अनुगमनले गण्डकी प्रदेशमा महिला र बालबालिका माथि हुने हिंसाका घटना वृद्धि भएको जानकारी गराउदै यस्ता घटना न्यूनीकरण गर्नका लागि स्थानीय तहदेखि प्रदेश सरकारले समेत कार्यक्रम र बजेटमा वृद्धि गर्न अनुरोध गरे ।
प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेश सरकारका राष्टसेवक कर्मचारीहरु, सुरक्षा निकाय, मानव अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ सस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह