उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण

उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण

snow

पोखरा । लेखक एन एच मानन्धरको उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण भएको छ ।

पोखराको नयाँबजारस्थित अमेरिकन कर्नरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । लोकार्पणपछि पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिएको थियो।

भर्खर अंकुराउन थालेको प्रेममाथि परेको आघातले पात्रका जीवनलाई फरक गोरेटोमा डोहोर्याएपछिका घटना र समाजका अनगिन्ती आयामसँग उनिदैँ बग्ने कथाले जातीय तथा लैङ्गिक विभेद, भ्रष्टाचार अनि परिवारभित्रको द्वन्द्व समेटेको लेखकले सुनाइन्। आख्यानका रूपमा आएको भएपनि पात्रहरूका भोगाई र तिनले बाँचेका समयले पाठकलाई कैयन्ले बाँचेको कथासँग साक्षात्कार गराउने उनको दावी छ।

अङ्ग्रेजी भाषामा लेखिएको पुस्तक सर्वसुलभ रूपमा पुस्तक पसल र ईबुक माध्यममा पनि उपलब्ध भएको जनाएकी छन्।

अस्ट्रेलियामा जन्मेकी लेखक एन एच मानन्धर नेपालकी बुहारी हुन् । उनले लामो समय नेपालमै बसेर सडक बालबालिकाका निम्ति काम गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ