पोखरा । गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ ।
गायिका शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना मगरको शब्द संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको सम्पूर्ण छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।
श्रीस गीतबाट आशावादी छिन् । समय सान्दर्भिक गीत भएकाले पनि उनलाई आशा जागेको हो । गीतमा देशको अवस्थालाई चित्रित गर्न खोजिएको छ । परदेशीन बाध्य हुनुपर्ने युवाको अवस्थालाई झल्काइएको छ । जसमा प्रेमका भावहरु समेत समेटिएका छन् ।
एक दशक देखि ग्लोरी फेसन होम संचालन गर्दै आएकी श्रीस बुटिक एसोसिएसन नेपाल पोखराको अध्यक्ष हुन् । रोटरी क्लब अफ पोखरा मिडटाउन लगायत विभिन्न सामाजिक एवम् संस्थामा समेत आबद्ध श्रीसले ‘गल्छी झरेसी’, ‘जुन तारा’, ‘फूल जस्तो मेरो जोबान’ लगायतका गीतहरु यसअघि सार्वजनिक भएका छन् ।
सम्बन्धित खबर
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन
पोखरा वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
वालिङ्मा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग