उड्दै गरेको तारा एयरको झ्यालको सिसा खस्यो

उड्दै गरेको तारा एयरको झ्यालको सिसा खस्यो

Tara-Air-660×330

सोलुखुम्बु । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ ।

आइतबार काठमाडौँबाट कार्गो सामान लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कल साइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो । सिसा कहाँ खस्यो भन्नेबारे एकिन भएको छैन।

जहाज कार्गो सामानले भरिएकाले भित्रबाट प्रेसरले सिसा झरेको हुनसक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिए । उनका अनुसार पाइलट अमित गुरुङ र को–पाइलट लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए ।

सो जहाज आइतबार बिहान १०ः०१ बजेतिर लुक्ला विमानस्थल अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको छ । मर्मतपछि मात्रै काठमाडौँ फर्किने तारा एयरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ