नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरका युवकमाथि गोली प्रहार

नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरका युवकमाथि गोली प्रहार

Birtnagar_

विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ ।

विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए ।

उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ