पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ स्थित घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरि बालाचर्तुदशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो । स्थानिय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिएको फूलको डोली भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसर पुर्याइएको थियो । बिहानैबाट शुरु भएको सद्विज छर्ने कार्य साँझसम्म चलेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले वताए ।
त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरुञ्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको स्थानिय नमराज पौडेलले जानकारी दिए । चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ । विश्व हिन्दु महासंघ पोखरा १९ र भुमे मैदान भजन समुहले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन दिएका थिए । मनकामना आमा समुहले भक्तजनको लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए । पछिल्लो समय विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित गरिएको र बिहान वेलुका नियमित पूुजाआजा गरिएको समितिका कोषध्यक्ष तेजेन्द्र पौडेलले बताए । स्थानिय डाडाँ निवासी शिवप्रसाद पौडेलले यस क्षेत्र हिन्दुहरुको पवित्र भूमि भएको वताउँदै, यसको वृहत्तर विकासका लागि क्षेत्र विकास समिति मार्फत सबैलाई समेट्न सुझाव दिए । सहभागीले घार्मीको धार्मिक पर्यटन विकासका लागि ३ वटै तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिए ।
पोखराको दृश्य सहित मनोरम अन्नपूर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापना देखिनै त्यहाँ बाला चर्तुदशी तथा शिवरात्री पर्व विशेष रुपमा मनाउने गरिएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?