पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ स्थित घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरि बालाचर्तुदशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो । स्थानिय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिएको फूलको डोली भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसर पुर्याइएको थियो । बिहानैबाट शुरु भएको सद्विज छर्ने कार्य साँझसम्म चलेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले वताए ।
त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरुञ्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको स्थानिय नमराज पौडेलले जानकारी दिए । चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ । विश्व हिन्दु महासंघ पोखरा १९ र भुमे मैदान भजन समुहले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन दिएका थिए । मनकामना आमा समुहले भक्तजनको लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए । पछिल्लो समय विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित गरिएको र बिहान वेलुका नियमित पूुजाआजा गरिएको समितिका कोषध्यक्ष तेजेन्द्र पौडेलले बताए । स्थानिय डाडाँ निवासी शिवप्रसाद पौडेलले यस क्षेत्र हिन्दुहरुको पवित्र भूमि भएको वताउँदै, यसको वृहत्तर विकासका लागि क्षेत्र विकास समिति मार्फत सबैलाई समेट्न सुझाव दिए । सहभागीले घार्मीको धार्मिक पर्यटन विकासका लागि ३ वटै तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिए ।
पोखराको दृश्य सहित मनोरम अन्नपूर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापना देखिनै त्यहाँ बाला चर्तुदशी तथा शिवरात्री पर्व विशेष रुपमा मनाउने गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो