घार्मीको ओमकारेश्वरमा बालाचर्तुदशी पर्व मनाईयो

घार्मीको ओमकारेश्वरमा बालाचर्तुदशी पर्व मनाईयो

om karyshoewr

पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ स्थित घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरि बालाचर्तुदशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो । स्थानिय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिएको फूलको डोली भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसर पुर्‍याइएको थियो । बिहानैबाट शुरु भएको सद्विज छर्ने कार्य साँझसम्म चलेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले वताए ।

त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरुञ्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको स्थानिय नमराज पौडेलले जानकारी दिए । चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ । विश्व हिन्दु महासंघ पोखरा १९ र भुमे मैदान भजन समुहले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन दिएका थिए । मनकामना आमा समुहले भक्तजनको लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए । पछिल्लो समय विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित गरिएको र बिहान वेलुका नियमित पूुजाआजा गरिएको समितिका कोषध्यक्ष तेजेन्द्र पौडेलले बताए । स्थानिय डाडाँ निवासी शिवप्रसाद पौडेलले यस क्षेत्र हिन्दुहरुको पवित्र भूमि भएको वताउँदै, यसको वृहत्तर विकासका लागि क्षेत्र विकास समिति मार्फत सबैलाई समेट्न सुझाव दिए । सहभागीले घार्मीको धार्मिक पर्यटन विकासका लागि ३ वटै तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिए ।

पोखराको दृश्य सहित मनोरम अन्नपूर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापना देखिनै त्यहाँ बाला चर्तुदशी तथा शिवरात्री पर्व विशेष रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ