१० लाख बढी अनलाइन ठगी गरेको आरोपमा दुई जना पक्राउ

१० लाख बढी अनलाइन ठगी गरेको आरोपमा दुई जना पक्राउ

pakrau

अनलाईन मार्फत १० लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्साका ३३ वर्षीय अफताव आलम र महोत्तरीका २७ वर्षीय विनय शाह रहेका छन् ।

उनीहरुले फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जालमा विभिन्न कम्पनीका मोबाईल विक्रीमा राखि ग्राहकबाट १० प्रतिशत अग्रीम भुक्तानी लिइ ठग्ने गरेको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले पिडितहरुबाट कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम अशुली गर्ने गरेका थिए । प्रहरीका अनुसार विभिन्न व्यक्तिहरुबाट उनीहरुले दश लाख ३९ हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखि आवश्यक कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ