पोखरा लामाचौरबाट अवैध काठसहित जीप र चालक प्रहरी नियन्त्रणमा

पोखरा लामाचौरबाट अवैध काठसहित जीप र चालक प्रहरी नियन्त्रणमा

abaidh kaath

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरामा अवैध काठसहित जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब ४ बजे पुरुन्चौरबाट पोखरातर्फ आउँदै गरेको ग३च ५८०३ नम्बरको जीपलाई अकला मन्दिर नजिकै चेकजाँच गर्नेक्रममा जीप भित्र २८० साथ चिरुवा काठ (फलेक) फेला परेको थियो ।

जीपक चालक माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भुर्जुङ खोलाका ३२ वर्षका अनिष विक, काठ र जीपसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान र कार्वाहीका लागि डिभिजन बन कार्यालय, बगरमा पठाइएको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीले जानकारी दिए ।

काठका सम्बन्धी कुनै पनि कागजात नभएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ