पोखराका पत्रकार लक्ष्मीनारायण देवकोटालाई पत्नी शोक परेको छ ।
पत्रकार महासंघ कास्कीका सदस्य एवं प्रेस चौतारी गण्डकीका सदस्य देवकोटाकी धर्मपत्नी सिर्जना पौडेल देवकोटाको ३९ वर्षकै अल्पायूमा निधन भएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ६, लुम्ले घर भई पोखरा अर्चलबोट बस्दै आएकी देवकोटा विगत ३ वर्षदेखि आन्द्राको क्यान्सरसँग जुधिरहेकी थिइन् । ३९ वर्षीया उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा मंसिर १९ गते दिउँसो १ बजे निधन भएको हो ।
काठमाडौंस्थित ओम हस्पिटलमा नियमित चेकजाँच गरिँदै आएकोमा ११ दिनदेखि उनलाई गण्डकी मेडिकलमा भर्ना गरिएको लक्ष्मीनारायणले बताएका छन् । देवकोटा दम्पतीका ९ वर्षीय छोरा र १७ वर्षीया छोरी छन् ।
प्रेस चौतारी, नेपाल कास्की शाखाले एक विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेको छ । सचिव रञ्जन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ – ‘ यस दुःखद् घडीमा स्वर्गीय देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ पत्नीशोकमा रहनुभएका सहकर्मी लक्ष्मीनारायणसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन