पोखरा । पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई प्रदान गरिने भएको छ ।
कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित हुने भएका हुन् ।
नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न लागिएको हो ।
सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिने भएको हो ।
यस्तै, महासंघले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट टंक अधिकारी र दिनानाथ बराल पुरस्कृत हुने भएका छन् ।
सो पुरस्कारको २०७८ बाट राष्ट्रिय समाचार पत्रमा कार्यरत अधिकारी र २०७९ बाट कारोबार दैनिकमा कार्यरत बराल पुरस्कृत हुन लागेको महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार, दोशल्ला र सम्मान पत्र रहेको छ ।
उनीहरुलाई आगामी पुस ४ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ