पोखरा। नेपाल टेलिकमको केवल तारहरू चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिकाका विभिन्न स्थानमा रहेका बिजुलीका पोलहरुमा बाँधिएका टेलिकमका कपर केवल तारहरू चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पोखरा – २५ हेमजा बस्ने ५८ वर्षको लाल बहादुर नेपाली र भारत मोतिहारी बिहार स्थायी घर भइ हाल हेमजा बस्दै आएका वर्ष ३९ का श्यामनाथ जैसवाल छन्।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार टेलिकमका केवल तारहरू चोरी भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी तथा वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्दै जाने क्रममा बुधबार राति ८ बजेको समयमा पोखरा -१९ लामाचौर स्थित गोस्ते जाने सडक खण्डबाट पक्राउ गरेको हो।
ग २ च ५३६ नम्बरको सुजुकी मारुती कारलाई शंकास्पद अवस्थामा देखेपछि चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडीको सिट तथा डिक्कीमा टुक्रा-टुक्रा गरी रोलिङ गरेको अवस्थामा ३३१ मिटर केवल तार सहित उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू विरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता विकले जानकारी दिए।
सम्बन्धित खबर
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्