पोखरा। नेपाल टेलिकमको केवल तारहरू चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिकाका विभिन्न स्थानमा रहेका बिजुलीका पोलहरुमा बाँधिएका टेलिकमका कपर केवल तारहरू चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पोखरा – २५ हेमजा बस्ने ५८ वर्षको लाल बहादुर नेपाली र भारत मोतिहारी बिहार स्थायी घर भइ हाल हेमजा बस्दै आएका वर्ष ३९ का श्यामनाथ जैसवाल छन्।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार टेलिकमका केवल तारहरू चोरी भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी तथा वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्दै जाने क्रममा बुधबार राति ८ बजेको समयमा पोखरा -१९ लामाचौर स्थित गोस्ते जाने सडक खण्डबाट पक्राउ गरेको हो।
ग २ च ५३६ नम्बरको सुजुकी मारुती कारलाई शंकास्पद अवस्थामा देखेपछि चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडीको सिट तथा डिक्कीमा टुक्रा-टुक्रा गरी रोलिङ गरेको अवस्थामा ३३१ मिटर केवल तार सहित उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू विरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता विकले जानकारी दिए।
सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते