पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन्।
अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यसमा विशेष ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गरे।
प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै बताएका हुन्।
पौडेलले सरलिकृत अनुदान रकम वितरण प्रक्रिया सर्वसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने जुन बिना समृद्धिका नारा निरर्थक हुने जिकिर गरे।
उनले श्रम र बजारलाइ जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न तदारुकता राज्यले देखाउनु पर्ने बताए। कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उनको कथन थियो।
कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका सचिब सहदेब प्रसाद हुमागाइ, कृषि बिकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेब रेग्मी, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डे, पशु तथा मत्स्य बिकास निर्देशनालय गण्डकीका महानिर्देशक डाक्टर प्रेरणा सेढाई भट्टराई, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशी, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका प्रमुख अजय अधिकारी प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख माधब लम्साल,प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना सहितले सहुलियत कृषि कर्जा कार्यान्वयनका सम्बन्धमा मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कार्यालयको तर्फबाट प्रमुख रोशन अधिकारी, नेपाल राष्ट्र बैंक पोखराका सहायक निर्देशक बिजया गौतम र कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ बिज्ञ भानु भट्टराईले सहुलियत कृषि कर्जा प्रवाहको अबस्था र कार्यान्वयनका समस्या सहितका भिन्दा भिन्दै कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा सरोकारवाला कृषक, कृषी उधमी राष्ट्र बैंक, बैंक तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख रोशन अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत सो कार्यालयका कृषि अधिकृत निशा कंडेल र संचालन सामाजिक विकास अधिकृत गोबिन्द श्रेष्ठले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह