लमजुङ, मध्यनेपाल नगरपालिका–१ का वडा अध्यक्ष सुदिप थापालाई मार्न आफ्नै काका पर्नेले ज्यानमार्ने सुपारी दिएको कुरा रहस्य खुलेको छ । उनका काका ४५ बर्षिय बाबुराम थापाले मान्छे लगाएर १ लाख ५० हजार दिने सर्तमा बैना समेत दिएर ज्यान मार्न सुपारी दिएको रहस्य बाहिरिएको हो ।
वडा अध्यक्ष थापाले शुक्रबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै घटनाबारे खुलाएका हुन् । उनले काका बाबुराम थापा र उनका छोरा २३ बर्षिय सागर थापाले घरमै मान्छे लुकाएर राखेरमार्ने योजना बुने र ३/४ पटक मार्ने प्रयास समेत गरेको बताए ।
तनहुँको ब्यास नपा– ७ घर बताउने ३१ बर्षिय रोसन गुरुङले प्रहरी र आफू सामु बाबुराम थापा र निजको छोरा सागरले आफूलाई मार्न भनि १ लाख ५० हजारको सुपारी (बैना) समेत दिई आफूलाई केहिदिन देखि आफ्नो घरमा ल्याएर राखेको कुरा खुलाए ।
सागरको भनाई मोवाइलमा भिडियो रेकर्ड राखेका थापाले भिडियो रेकर्ड सुनाउँदै भने, ‘वडा अध्यक्षलाई विगत ३/४ दिनदेखि मार्ने प्रयास गरेपनि असफल भएको कुरा प्रहरी सामू समेत उनले स्विकार गरे । यतिमात्र होइन बाबुराम र उनको छोरा सागरले समेत यो कुरा सत्य भएको प्रहरी सामु खुलाए ।’
वडा अध्यक्ष थापाले ज्यान मार्ने उद्योगमा कारबाहिको माग सहित बिहिबार जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दिँदा प्रहरीले यो शिर्षकमा जाहेरी लिन नमानेको समेत उनले पत्रकार सम्मेलनमा भनेका छन् । वडा अध्यक्ष थापा शुक्रबार समेत जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले भने ३ जनालाई गएराती नै नियन्त्रणमा लिएका र वडा अध्यक्षले ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने कुरा गरेकाले आधार पुष्टि हुन आए जाहेरी लिएर अनुसन्धान अघि बढाउने बताएका छन् ।
वडा अध्यक्ष थापाले प्रहरीमा दिएको जाहेरी :-

श्रोत: तगारो न्यूज
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार