पोखराकी महिलालाई पक्राउ गरी मुस्ताङ लगियो

अपराध

पोखराकी महिलालाई पक्राउ गरी मुस्ताङ लगियो

women in jail

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको महिलालाई मुस्ताङ पठाइएको छ ।

पोखरा महानगरपालिका वडा नंं. २३ की ४४ वर्षीया पवित्रा गुरुङलाई मुस्ताङ प्रहरीको आग्रहमा कास्की प्रहरीले पोखरा विमानस्थलबाट पक्राउ गरेको हाे।

श्रीमानसँग मिलेर सरकारी कागजात किर्ते गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको श्रीमान् भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी भोजराज पाण्डेका अनुसार उनलाई बिहीबार पोखराबाट मुस्ताङ ल्याई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ