पोखरा । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिबार पोखरामा चर्चा गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो, रोल्पाको कथा हो, ईश्वरीको कथा हो । माडीको कथा हो र कथा हो मानबहादुरहरूको ।”
विषय प्रस्तुतिमा लेखक कहीँनचुकेको बताउँदै उनले खास माओवादी के हो र तत्कालीन समयमा रोल्पालीहरू कसरी माओवादी बने, कसरी रणमैदानमा होमिए भन्ने कुरा उपन्यासमा प्रस्ट उल्लेख गरिएको बताए । विषयवस्तुको प्रस्तुति र शैलीका दृष्टिले आधा डुबेको र आधा उत्रेको किताबका रूपमा मगरले उपन्यासको विश्लेषण गरे ।
उपन्यासकार बोखिमले माओवादी युद्ध हुँदैनथ्यो भने आफू अहिले नेपालबाहिर कतै रहेको हुने जिकिर गरे । “युद्धबाट युद्धमै सहभागी भएकाहरूले वा नेपाली जनताले कत्तिको फाइदा पाए कुन्नि ! तर मैले भने निकै फाइदा लिएँ” युद्धसम्बन्धी कथा प्रतियोगिताबाट छानिएर जागिर खाएको प्रसङ्ग सम्झँदै उनले भने, “युद्धकै विषयमा रिपोर्टिङ र साहित्य लेखन गरेर मैले जीविकोपार्जन गर्न पाएँ ।” उपन्यास लेखनका क्रममा पटक पटक रोल्पा पुगेको अनुभव उनले सुनाए ।कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमापढाइमा अब्बल भई नर्स बन्ने सपना देखेकी रोल्पाकी एक किशोरी ईश्वरीको जीवन सङ्घर्षलाई उतारिएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गीता लामिछाने, दीपेन्द्र श्रेष्ठ, स्ट्रगल राना, खिम लामिछाने, सुदिप घिमिरे, विष्णु बाँस्तोला, के. आर. ढकाल, विजय भण्डारी, मोती भुजेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलले गरेका थिए ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु