पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुक्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो ।
मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
कार्यक्रम शुभारम्भ गदै संस्थाका पूर्व अध्यक्ष एवं लायन्स डिष्टिक प्रमुख प्रेम बहादुर जि.सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के.सी लाई ब्लड ब्याग हस्तानतरण गदै सदस्य सेवा सङ्गै सामाजिक कार्यमा लाग्नु नै सच्चा मानवसेवा भएको बताए ।
सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा क्लवका जोन प्रमुख विजेन्द्र शर्मा पुर्व अध्यक्ष राममणी पौडेल, रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, लायन्स लिर्डर अमृत वराल, बालकृष्ण बराल, जनप्रिय क्याम्पसका कोषाअध्यक्ष गणेश बहादुर अधिकारी, कार्यक्रम संयोजक शिव बहादुर थापा, लायन्स रत्तदान कार्यक्रम प्रमुख जितेन्द्र शाक्य, संस्थाका सचिव कुल प्रसाद सुवेदी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
२०६३ मा स्थापित सहकारीले स्थापना देखि नियमित रत्तदानसहित विविध सामाजिक कार्यमा सक्रिय रहँदै कुल ६० करोड को कारोबारसहित कर्जा लगानी ५३ करोड रहेको छ । संस्थाले समुदायको लागी रेडियो सराङ्गकोट संचालन गर्दै आएको छ ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु