नाबालिका बलात्कार अभियोगमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

नाबालिका बलात्कार अभियोगमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

Rape jpg

गोरखा । १७ वर्षीया नाबालिका बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् । प्रहरीले उनलाई गत साता पक्राउ गरेको थियो।

नाबालिका काठमाडौं महानगरपालिका –३२ पेप्सीकोलास्थित देवकोटाको घरमा बस्दै आएकी थिइन्। विगत एक वर्षदेखि नाबालिकामाथि देवकोटाले जबरजस्ती करणी गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ।

गोरखा मुच्चोकका देवकोटा माओवादी केन्द्रनिकट छन्। उनी हिसिला यमी मन्त्री हुँदा स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडेपछि देवकोटा भने माओवादीमै सक्रिय रहेका थिए।

यस्तै, सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार, नेपाली पीडितका प्रेमी हुन्। उनले गत कात्तिक ३० गते नाबालिकामाथि बलात्कार गरेको भन्दै उजुरी परेको छ।

पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ।

जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ