मलेसियामा साथीको हत्या गरेर भागेका साह काठमाडौँमा पक्राउ

मलेसियामा साथीको हत्या गरेर भागेका साह काठमाडौँमा पक्राउ

pakrau

काठमाडौँ । मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाडौँमा पक्राउ परेका छन् ।

महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ति शनिबार विमानस्थलबाट पक्राउ गरेको हो ।

साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो ।

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds