पर्वतको चुवामा स्कूटर दुर्घटना, कुश्माका सागरको मृत्यु

दुर्घटना

पर्वतको चुवामा स्कूटर दुर्घटना, कुश्माका सागरको मृत्यु

एक जना मात्र सवार पुष्टि

scooter-accident

पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरी कुनादिका अन्दाजी ३२ बर्षका सागर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय, पर्वतले जनाएको छ ।

सोमबार राति १० बजेतिर कुश्माबाट आउँदै गरेको ग २१ प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर दुर्घटना भएको बुझिएको छ ।

पर्वत ट्राफिकका अनुसार स्थानीयले स्कुटर चालकलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि लगिएको र थप उपचारका लागि पोखरा पठाएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्षत क्षेत्रीय अस्पतालमा ल्याइएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।
स्कुटरमा अझै अर्को व्यक्ति पनि सवार भएको आशंका गरिएपनि सागर मात्र‌ै रहेको पर्वत प्रहरीले पुष्टि गरेको छ । प्रहरीले सडक सुरक्षाका लागि राखिएका सीसीक्यामेराको सहायताले खोजी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ