पोखराका मेयर धनराज आचार्यले भारतमा एक ध्यान शिविरको उद्घाटन गरेका छन् ।
रेशिमबाग मैदानमा सञ्चालित उक्त शिविरको मेयर आचार्यसहित स्थानीय अतिथिबाट उद्घाटन भएको थियो ।
शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ । ध्यान शिविर पुस ३ गते शुभारम्भ भई १० गतेसम्म चल्नेछ । हरेक दिन बेलुका पाँच बजेदेखि आठ बजेसम्म शिविर चल्ने जनाइएको छ ।
ध्यान शिविरमा नेपालबाट प्रतिनिधित्व गरी मंगलबार मेयर आचार्यसहित १६ जना नेपाली साधकको उपस्थिति रहेको थियो ।
जाति, धर्म, भाषा, देश वा लिङ्गको भेदभावलाई हटाउन भन्दै आयोजना गरिएको निःशुल्क शिविरमा विश्वभरका ७० राष्ट्रका करिव १ लाख ५० हजारको सहभागिता रहेको दाबी गरिएको छ ।
शिविर अवधिभर नेपालबाट प्रतिनिधित्व गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताको सहभागिता रहने नेपाल समन्वयकर्ता तुलसीराम रेग्मीको भनाई छ ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराई, नेपाली काङ्ग्रेसका युवा नेता एवं सांसद प्रदीप पौडेलको सहभागिता रहनेछ ।
हिमालयन ध्यान शिविर, हिमालयन समर्पण ध्यान योग केन्द्रका महर्षी शिव कृपानन्द स्वामीलाई नेपाल सरकारले भ्रमण वर्ष–२०२० मा सद्भावना दूतका रुपमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट सम्मान गरिएको थियो ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ