पोखराका मेयर धनराज आचार्यले भारतमा एक ध्यान शिविरको उद्घाटन गरेका छन् ।
रेशिमबाग मैदानमा सञ्चालित उक्त शिविरको मेयर आचार्यसहित स्थानीय अतिथिबाट उद्घाटन भएको थियो ।
शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ । ध्यान शिविर पुस ३ गते शुभारम्भ भई १० गतेसम्म चल्नेछ । हरेक दिन बेलुका पाँच बजेदेखि आठ बजेसम्म शिविर चल्ने जनाइएको छ ।
ध्यान शिविरमा नेपालबाट प्रतिनिधित्व गरी मंगलबार मेयर आचार्यसहित १६ जना नेपाली साधकको उपस्थिति रहेको थियो ।
जाति, धर्म, भाषा, देश वा लिङ्गको भेदभावलाई हटाउन भन्दै आयोजना गरिएको निःशुल्क शिविरमा विश्वभरका ७० राष्ट्रका करिव १ लाख ५० हजारको सहभागिता रहेको दाबी गरिएको छ ।
शिविर अवधिभर नेपालबाट प्रतिनिधित्व गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताको सहभागिता रहने नेपाल समन्वयकर्ता तुलसीराम रेग्मीको भनाई छ ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराई, नेपाली काङ्ग्रेसका युवा नेता एवं सांसद प्रदीप पौडेलको सहभागिता रहनेछ ।
हिमालयन ध्यान शिविर, हिमालयन समर्पण ध्यान योग केन्द्रका महर्षी शिव कृपानन्द स्वामीलाई नेपाल सरकारले भ्रमण वर्ष–२०२० मा सद्भावना दूतका रुपमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट सम्मान गरिएको थियो ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’