पोखरा । पोखरा महानगरपालिका –१६ ले किसानलाई लक्षित गरी विभिन्न उन्नत जातका तरकारीका बेर्ना उत्पादन गर्न थालेको छ ।
पाखरा १६ महेन्द्र गुफा र घार्मिखोलाका महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले कृषि शहकारि मार्फत बेर्ना उत्पादन प्रकिया थालेको हो ।
महेन्द्र गुफाको नयाँ किरण कृषि शहकारी संस्था तथा ग्रिनभ्यालि शहकारीका महिला सदस्यलाई बेर्ना उत्पादनको लागि हाईब्रिड काँक्रो, घिरौला, करेलाका बिउ वितरण थालिएको महानगर पालिका कृषि सञ्जालले जनाएको छ ।
तरकारिका बेर्ना तयार पार्न प्रत्येक कृषि शहकारी संस्थाका सदस्यहरुलाई बिउ, नर्सरी प्लाष्टिक, हजारि, माटोमा हाल्ने बिषादि तथा तालिम निःशुल्क रुपमा उपलब्ध गराउने वडा नं १६ का जनप्रतिनिधि मन्जु बस्यालले बताइन् । कृषि उत्पादनमा राम्रो सम्भावना भएकोले कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य वडाले लिएको छ । वडा नंं १६ बासिहरुलाई कृषि बालीमा आत्मनिर्भर बनाउन पालिकाले कृषि क्षेत्रमा लगानी बढाउन थालेको बस्यालले जानकारी दिइन् । सहभागी महिलालाई प्रशिक्षक पुष्पा अञ्जली हमाल तथा दामोदर अधिकारीले प्रशिक्षण दिएका थिए ।
बजारमा तरकारी मूल्यमा निरन्तर वृद्धि भएका कारण किसानको भान्सा महंगो पर्दै गएकाले किसानले आफुलाई आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताईएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ