पोखरा । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् ।
नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेको परीक्षा मार्गनिर्देशन कार्यक्रममा बोर्डका अध्यक्ष शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह गरे।
शर्माका अनुसार एसईईमा अब ‘एनजी’ अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ‘नन ग्रेड’ हुने प्रणाली लागू हुँदैछ । यस वर्षकै एसईईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।
यसअघि बोर्डले एसईईको नतिजा ‘नन ग्रेडेड’ नगरि प्रकाशित गर्ने गरेको थियो । बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो । अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहो¥याएर परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताए।
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान