दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र थालिएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, “एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ ।”
पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ । अर्कोतर्फ १२ दशमलव पाँच किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ ।
यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको इन्जिनियर पाण्डेले बताए ।
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर दूरीको छ ।
राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा हटाइनेछन् । त्यसवापत रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिने बताइएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन