बागलुङ जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् ।
नेपाल टेबुल टेनिस संघ, केन्द्रीय कार्यालयको परिपत्र अनुसार पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा एलरिन थापा, सचिवमा राजु खत्री, कोषाध्यक्षमा इन्द्राकुमारी खत्री र सदस्यमा सुरज शाक्य रहेका छन् ।
संघको सल्लाहकारमा राजेन्द्र प्रसाद शाक्यलाई चयन गरिएको संघका नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए । लामो समयदेखि टेबुल टेनिस र ब्याडमिन्टन खेलमा सक्रिय खेलाडी पौडेलको अध्यक्षतमा पाँच सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
संघले बाँकी सदस्य आगामी बैठकबाट मनोनित गर्ने जनाएको छ । संघको गठनसँगै जिल्ला खेलकुद विकाससँग सल्लाह र समन्वय गरी आगामी दिनमा बागलुङमा टेबुल टेनिस खेलको विकास गर्नुका साथै प्रतियोगिताका कार्यक्रम संचालन गरिने अध्यक्ष पौडेलले बताए ।
उनले पछिल्लो समयमा टेबुल टेनिस प्रति खेलाडीको आर्कषण घट्दै गएका कारण बागलुङमा यसको विकासमा आफूहरु निरन्तर लाग्ने योजना सुनाए ।
सम्बन्धित समाचारः
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा