पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो ।
बेनी नगरपालिका वडा नं. ९, घतान, नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिविरबाट वरपरका ६५० जना बढी लाभान्वित भएका छन् ।
लायन ईन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता एवं बेनी वडा नं. ९ का अध्यक्ष चक्रबहादुर केसीको आतिथ्यतामा भएको शिविरमा आवश्यकलाई औषधि वितरणसमेत गरिएको थियो ।

शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको चरकका पिआरओ सोबित सुवेदीले जानकारी दिए । शिविरमा जाँचका लागि डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायत स्वास्थ्य जाँचमा सहभागी थिए ।
चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले अस्पतालले यस खालका शिविर सञ्चालन गर्दै आएको बताए। उनले गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाए।
चरक अस्पतालले हालै गोरखामा पनि स्वास्थ्य शिविरमा सम्पूर्ण प्राविधिक सहयोग गरेको थियो ।

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बलबहादुर केसी तथा सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो