लमजुङमा दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षका पुरूष पक्राउ

लमजुङका उदिमजंग गुरुङको कर्तुत

लमजुङमा दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षका पुरूष पक्राउ

Lamjung Police

लमजुङमा दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय पुरूष पक्राउ परेका छन् । लमजुङ प्रहरीले क्व्होलासोथार गाउँपालिका-३ का उदिमजंग गुरुङलाई पक्राउ गरेको हो ।

१२ र १४ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले २ जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले पीडकलाई पक्राउपछि म्याद थपेर मुद्दा अघि बढाएका छौं । सबै कुराहरु अनुसन्धानबाट खुल्ने नै छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ