पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ स्थित सिद्दार्थ बैंक अगाडि कारले ठक्कर दिंदा दुई जना पैदलयात्रीको मृत्यु भएको हो।
सोमबार मध्यराति बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री बागलुङ जिल्ला ढोरपाटन नगरपालिका -६ घर भइ हाल पोखरा -३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पैदलयात्री अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले गण्डकन्यूजलाई जानकारी दिए।

प्रवक्ता विकका अनुसार दुर्घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको १५ जनाको टोलीले घाइते दुबैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेपनि उपचारका क्रममा छन्त्यालको राति १:३५ बजे र अर्का पुरूषको १ :५५ बजे मृत्यु भएको हो।

हाल मृतक दुवैको शव सोहि अस्पतालमा रहेको छ। ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएपनि कारका चालक भने फरार छन्। उनको खोजीकार्य भइरहेको प्रवक्ता विकले गण्डक न्यूजलाई जानकारी दिए।
तस्बिर : नवराज पराजुली
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन