पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ स्थित सिद्दार्थ बैंक अगाडि कारले ठक्कर दिंदा दुई जना पैदलयात्रीको मृत्यु भएको हो।
सोमबार मध्यराति बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री बागलुङ जिल्ला ढोरपाटन नगरपालिका -६ घर भइ हाल पोखरा -३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पैदलयात्री अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले गण्डकन्यूजलाई जानकारी दिए।

प्रवक्ता विकका अनुसार दुर्घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको १५ जनाको टोलीले घाइते दुबैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेपनि उपचारका क्रममा छन्त्यालको राति १:३५ बजे र अर्का पुरूषको १ :५५ बजे मृत्यु भएको हो।

हाल मृतक दुवैको शव सोहि अस्पतालमा रहेको छ। ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएपनि कारका चालक भने फरार छन्। उनको खोजीकार्य भइरहेको प्रवक्ता विकले गण्डक न्यूजलाई जानकारी दिए।
तस्बिर : नवराज पराजुली
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते