सुर्यदर्शन ठगी प्रकरण : थप एक प्रतिवादी रामेछापबाट पक्राउ

सुर्यदर्शन ठगी प्रकरण : थप एक प्रतिवादी रामेछापबाट पक्राउ

darlami

पोखरा। सुर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पोखरामा प्रधान कार्यालय रहेको सुर्यदर्शन बचत सहकारी ठगी प्रकरणका फरार प्रतिवादी मध्ये अर्का एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं -७ घर भएका ३८ वर्षीय कैलाश कुमार दर्लामी छन्। उनी सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिको उपाध्यक्ष हुन्।

पोखरा महानगरपालिका वडा नं – ४ नालाकोमुख स्थित संचालनमा रहेको श्री सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम हिनामीना गरी फरार रहँदै आएका छन्। उनीहरु विरुद्ध बचत कर्ताहरूले ठगी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएका छन्।

दर्लामीलाई बिहीबार रामेछापबाट पक्राउ गरिएको हो भने , उनीमाथि थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ