बालकुमारी घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

बालकुमारी घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

IPS

काठमाण्डौ। ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा २ परीक्षार्थीको ज्यान गएपछि सरकारले घटनाको छानबिन गर्न समिति बनाएको छ।

प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्य संयोजक रहेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेका गृह मन्त्रालयले जनाएको छ।

समितिलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगल विज्ञप्ति निकालेर घटनाको अध्ययन अनुसन्धान थालिएको पनि जनाएको छ । प्रारम्भिक अध्ययनबाट प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds