कास्कीको अन्नपूर्णमा मृगको मासु सहित एकजना पक्राउ

कास्कीको अन्नपूर्णमा मृगको मासु सहित एकजना पक्राउ

Deer -mriga

पोखरा। मृगको मासुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं -९ दाङसिङ सिमलबोट बस्ने ४३ वर्षीय गौ प्रसाद क्षेत्रीलाई मृगको मासुसहित प्रहरीले पक्राउ गरेको हो।

क्षेत्रीको घरमा मृगको मासु चोरी सिकारी गरी राखेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजार र एक्यापका रेञ्जर भिम उपाध्याय सहितको टोलीले क्षेत्रीको घरबाट मृगको खुट्टा र मृगको सुकुटी अन्दाजी ५०० ग्राम बरामद गरेको हो ।

पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि एक्यापको कार्यालय हरियो खर्क पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ